Logo
Logo

थप २०६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु


630
Shares

काठमाडौं । आज कोरोना भाइरस (कोभिड-१९) २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो ।

संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ भने ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् ।

प्रतिक्रिया दिनुहोस्