Logo
Logo

अफताव आलमलाई उम्मेदवार बनाउँदैनौं : गगन थापा


1.7k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जेलमा रहेका अफ्ताब आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने संकेत गरेको छ ।

साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले उनलाई उम्मेदवार नबनाउने संकेत गरेका छन् ।

‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हाीले कथा लेख्ने दिन आउँदैछ’, साहित्यकार नयनराज पाण्डेले बोलेका थिए। महामन्त्री थापाले आलमको नाम नली नैतिकताको प्रश्न उठेकालाई समेत सांसद नबनाइने बताए ।

‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं’, उनले भने ।

रौतहट-२ बाट पुर्पक्षका लागि जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्