Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

नागरिकता विधेयक पारितदेखि नेपालको जितसम्म


2.3k
Shares

१. राष्ट्रपतिले प्रमाणिकरण नगरी फिर्ता पठाएको ‘नागरिकता विधेयक’ राष्ट्रिय सभाबाट पनि हुबहु पारित, प्रतिनिधिसभाबाट हुबहु पारित भएर आएको सो विधेयक राष्ट्रिय सभाले पनि पारित गरेसँगै पुनः प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइँदै, संवैधानिक व्यवस्थाअनुसार यसपटक विधेयक प्रमाणिकरण गर्नैपर्ने बाध्यतामा राष्ट्रपति ।

२. ओपनर आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकाल्यो, आसिफ शेखले ११० रनको शतकीय पारी खेले, केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्दै जित निकाल्न सफल ।

३. नेकपा एमाले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान रहेको अध्यक्ष केपी शर्मा ओलीको भनाइ, सङ्घीयतालाई व्यवहारमा लागू गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्न, सुशासन र जनतालाई राहत दिने पार्टीको मुख्य जिम्मा रहेको दाबी, मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन कार्यकर्तालाई निर्देशन ।

४. नेकपा एकीकृत समाजवादीसँग एकताका लागि आवश्यक छलफल चलिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, केही समयपछि एकताका लागि समिति बन्ने धारणा, एकताको तयारीकै रुपमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर जानुपर्नेमा जोड ।

५. सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन तयार पारिएको ‘मिडिया काउन्सिल विधेयक’ प्रतिनिधिसभामा, कुनै पनि सञ्चारमाध्यमले आचारसंहिताविपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्था, विधेयकमाथि शुक्रबारबाट प्रतिनिधि सभामा छलफल सुरु हुँदै ।

६. प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई राष्ट्रिय सूचना आयोगको सुुझाव, उम्मेदवारले पेश गर्ने मनोनयनपत्र तथा संलग्न कागजात र निर्वाचनपछि कानूनबमोजिम उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा जोड, विगतका निर्वाचनमा मतदाता आवश्यक सूचनाबाट बञ्चित भएको निष्कर्ष ।

७. राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा नतिजा आगामी मंसिर अन्तिम हप्ता सार्वजनिक हुने, जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा, तथ्याङ्क प्रशोधनका लागि ४०० नेपाली नागरिकले काम गर्दै ।

८. चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा भएका केही व्यवस्थाका कारण औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रेको नेपाल उद्योग परिसङ्घको टिप्पणी, नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानले देशभित्र व्यावसायिक वातावरण नबन्ने र भएको वातावरणसमेत बिग्रन सक्ने चेतावनी, मार्गदर्शनले स्वदेशी तथा ‘मेक इन नेपाल’ जस्ता नेपाल सरकारसमेतको स्वामित्व रहेका अभियानसमेतलाई प्रतिकूल असर गर्ने संठको ठहर ।

९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अंकले ओरालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७ अंकले ओरालो लागेर १ हजार ९ सय ७० बराबरमा सीमित, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर तीन सय ८३ दशमलव २० मा कायम, कूल दुई सय १९ कम्पनीको १८ लाख एक हजार दुई सय ७३ कित्ता शेयर रु ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ बराबरको कारोबार ।

१०. अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु, गाजर गाह मस्जिदमा विस्फोट हुँदा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ भने अन्य २३ जना घाइते ।

प्रतिक्रिया दिनुहोस्