Logo
Logo

ललितपुर-३ बाट कांग्रेसका जितजंगसहित ४ जना सिफारिस


1.4k
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र्निाचनका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन् ।

क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेर मदन बहादुर अमात्य, धन खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस गरेको हो । बस्नेत, अमात्य र खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन् । केसी प्रदेशसभा सदस्य छिन् ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा ललितपुर ३ कांग्रेसको भागमा परेमा टिकट पाउनका लागि बस्नेत र अमात्यबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेस केन्द्रीय सदस्यद्वय बस्नेत र अमात्य दुबै संस्थापन पक्षका भए पनि एकअर्कालाई स्वीकार्ने पक्ष नरहेका कारण उनीहरु बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

तरुण दलका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले यसपटकको निर्वाचनमा अरुका लागि नछोड्ने बताए । बस्नेत काँग्रेस सभापति शेर बहादुर देउबाको विश्वास पात्रको रुपमा रहेको छन् ।

अघिल्लो निर्वाचनमा ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्