Logo
Logo

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते


882
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। बोर्डले आज एक सुचना जारी गर्दै ग्रटवृद्धिको लागि असोज ७ गतेभित्र फाराम बुझाउन आह्वान गरेको हो।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ। परीक्षामा सहभागी हुन तोकिएको मिति भित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय समयभित्र बोर्डको सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बुझाउनु पर्नेछ।

दुई विषयमा ननग्रेडिङ अर्थात् एनजी आउने परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। बोर्डले कक्षा १२ को परिक्षाफल शुक्रबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्