Logo
Logo

बरिष्ठ कला निर्देशक जुँगेको निधन



काठमाडौं । नेपाली फिल्मका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन भएको छ । भट्टराइको शनिबार बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार ६६ वर्षीया भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको हो । करिब ५ दशकदेखि फिल्म क्षेत्रमा कला निर्देशकका रुपमा सक्रिय भट्टराई लामो समयदेखि बिमारी थिए ।

भट्टराईको शवलाई आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टीको पहल भइरहेको प्राविधिक संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्