Logo
Logo

सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन-अर्थमन्त्री


819
Shares

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २४औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारीपूर्वक लिएका नीतिहरूका कारण अर्थतन्त्र सकारात्मक सुधार आएको बताएका हुन् ।

उनले भने, ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन ।’ अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे ।

उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग आह्वान समेत गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्