काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि सधैं हारिन्छ कि भन्ने डर लाग्ने बताएका छन् ।
शनिबार बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनावमा जित–हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले सताउने गरेको बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेकाका थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे ।
जिन्दगीमा सधैं सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने उनले बताए । कार्यक्रममा सो विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामै पुस्तकालयको विकास गर्नेगरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौंता गरिएके उनको भनाइ छ ।














