Logo
Logo

तनहुँ-२ बाट प्रदीप पौडेल सिफारिस, फेरी टिकट खोसिने सम्भावना


10.8k
Shares

काठमाडौँ । तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेस नेता प्रदीप पौडेलको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेको नाम सिफारिस गरेको हो ।

पौडेल तनहुँ-२ बाट पटक–पटक उम्मेदवारका लागि सिफारिस भए पनि राजनीतिक शक्ति संघर्षका कारण उनको टिकट खोसिने गरेको छ । तनहुँमा कांग्रेसभित्र त्रिपक्षीय शक्ति संघर्षले गर्दा पनि पौडेलले यो पटक पनि टिकट पाउने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्