Logo
Logo

प्राइम कमर्सियल बैंकको विशेष साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । वभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यावसायिक व्यक्तित्वद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले हालै बिशेष साधारणसभा सम्पन्न गरेको छ ।


साधारणसभाले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी विशेष साधारणसभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात शाखा संख्या ९४ हुनेछ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समयसापेक्ष प्रतिफल दिन बैक प्रतिबद्ध रहेको नि. प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्