Logo
Logo

एनआईसी एशिया बैंक र चौराहा हस्पिटल बुटवलबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाका का।ढा बैंकको मुलुकभर २९५ शाखा कार्यालय, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाइएको छ । १७ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्