Logo
Logo

संकटमा भारतीय कांग्रेस पार्टी


- दृष्टि न्युज/संवाददाता


भारतीय कांग्रेस पार्टीको अध्यक्षवाट राहुल गान्धीले दिएको राजिनामा शनिवार श्रावण २५ गते स्वीकृत भएको छ । केन्द्रिय कार्यसमितिले उनको राजिनामा स्वीकृत गरेको छ र सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको छ ।

गत संसदिय चुनावमा भारतीय कांग्रेस पार्टीको शर्मनाक पराजय पछि राहुल गान्धीले अध्यक्ष पदवाट राजिनामा दिएका थिए । उनलाई राजिनामा फिर्ता लिन सबै कंग्रेस नेताहरुले अनुरोध गरेका थिए । तर उनले मानेनन् ।

राहुल गान्धीले अबको अध्यक्ष गान्धी परिवार भन्दा वाहिरवाट हुनु पर्ने वताएका थिए । तर पुनः उनकी आमा तथा लामो समय भारतीय कांग्रेस पार्टीको अध्यक्ष भएका सोनिया गान्धी नै अन्तरिम अध्यक्ष वनेकि छिन् ।

अहिले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष भनिएको छ । तर अबको वर्ष दिन पछि हुने महाधिवेशनमा कसलाई अध्यक्ष वनाउने भन्ने अझै जटिल रहेको विश्लेषकहरुको भनाइ छ ।

यसपटक राहुलको विकल्पमा अनेकौं उम्मेदवारहरुको नाम चर्चामा आएपनि कसैको नाममापनि सर्वसम्मति वन्न सकेन । उल्टै गान्धी परिवार भन्दा वाहिरवाट अध्यक्ष वनेमा पार्टी नै विघटन हुन सक्ने तर्फ कांग्रेस नेताहरुको विश्लेषण आउन थालेपछि अप्रत्यासित रुपमा सोनिया गान्धी नै अन्तरिम अध्यक्ष वन्न राजी भएकी वताइएको छ ।

यसवाट भारतीय कांग्रेस पार्टीमा एकताको मुख्य सूत्र भनेको कुनै सिद्धान्त वा लक्ष नभएर गान्धी परिवार रहेको पुनः देखिएको छ ।

सो दलले तत्कालको लागि नेतृत्वको संकट टारेको देखिन्छ । तर आगामी दिनहरु अझ कठिन देखिन्छ, सो दलको लागि । भारतीय स्वतन्त्रता संग्राममा भारतीय कांग्रेस पार्टीको महत्वपूर्ण योगदान रहेको थियो । यसका नेताहरु महात्मा गान्धी, नेहरु आदिको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका रहेको थियो । त्यो वेला कम्युनिष्ट पार्टी र अन्य पार्टीहरुको भूमिका सीमित रहेको थियो । भाजपा वनेको थिएन । भाजपाको विजको रुपमा भारतीय जनसंघ सन् १९५१ मा मात्रै बनेको थियो । भारतीय स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिकाको कारण भारतीय कांग्रेस पार्टीको हातमा भारत स्वतन्त्र भएपछि सत्ता हातमा आयो । अन्य दलहरु कमजोर रहेको कारणले यसले लामो समय सम्म भारतमा शासन सत्ता हातमा लियो ।

तर गत दुई संसदिय चुनावमा मोदीको नेतृत्वमा भाजपाले विजय हासिल गरी केन्द्रिय सत्तामा निरन्तर रहेको छ । भारतीय कांग्रेस पार्टीले लामो समय(करीव ४९ वर्ष) केन्द्रिय सरकारको नेतृत्व लिएको थियो । १५ पटक भएको संसदिय चुनावमा ६ पटक वहुमतिय सरकार भारतीय कांग्रेसले वनाएको थियो भने ४ पटक संयुक्त सरकारको नेतृत्व गरेको थियो । यति अवसर पाउँदापनि भारतीय कांग्रेस पार्टीको सरकारले भारतको तीब्र विकासको जनचाहना पूरा नगरेको र अन्य देशहरु भन्दा पछि परेकोमा त्यहाँका जनतामा यस पार्टी प्रति तीब्र घृणा फैलिएको छ । विगतमा वैकल्पिक दलको अभावमा भारतीय कांग्रेस नै सत्तामा रहन सफल भएकोमा अब भने भारतीय जनता पार्टी शक्तिशाली भएर निस्केको छ र लगातार दुई पटक वहुमतीय सरकार वनाएको छ ।

भाजपाले भारतीय वहुसंख्यक जनताको हिन्दु धर्म प्रतिको लगावलाइ चुनावमा पूँजीकृत गरेर अभियान चलाएकोले भारतीय कांग्रेस पार्टी अझ समस्यामा परेको छ ।

भाजपाको विकल्पमा अरु पार्टीहरु शक्तिशाली नभए सम्म यही पार्टीले अझै केही चुनावहरु जित्ने सम्भावना विकसित भैरहेको छ । भारतीय का्रग्रेस पार्टी नेपालको पुरानो दल प्रजा परिषद जस्तै विलिन भएर जाने त होइन भन्ने प्रश्न पनि उठेको छ । यसको असर यस क्षेत्रमा अवश्यपनि पर्ने छ । भाजपाको हिन्दुवाद र आक्रामक विदेश नीतिले यस क्षेत्रको सन्तुलनमा परिवर्तन ल्याउने सम्भावना वढेको छ ।

सोनिया गान्धीलाई नै पुनः अन्तरिम अध्यक्षमा ल्याएर तत्कालको नेतृत्व संकट हटाउन सफल भएपनि आम जनतामा पुनः तत्काल लोकप्रीय वनाउन सम्भव देखिएको छैन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्