Logo
Logo

चीन भ्रमणमा भारतीय विदेश मन्त्री


- दृष्टि न्युज/संवाददाता


भारतीय विदेश मन्त्री एस जय शंकर चीनको तीन दिने भ्रमणकालागि वेइजिंग पुगेका छन् । भारतले कश्मीरलाई विशेष राज्यको मान्यता खारेज गरेर दुई भागमा विभाजित गरी केन्दं्र सरकार मातहत राखेपछि भएको यो भ्रमणलाइ निकै चासोका साथ हेरिएको छ ।

भारतमा मोदी नेतृत्वको दोश्रो पटक सरकार वनेपछि भारतका उच्च सरकारी व्यक्तिको यो पहिलो भ्रमण हो । यो भ्रमण कश्मीर घटना अघि नै तय भएको वताइएको छ । यो भ्रमणको मुख्य उद्देश्य चीनका राष्ट्रपति सि जिन पिंगको यसै वर्ष हुने भारत भ्रमणको लागि तयारी गर्नु रहेको भनिएको छ ।

चार दिन अघि मात्र पाकिस्तानका विदेश मन्त्रीलेपनि चीनको भ्रमण गरेका छन् । उनले कश्मीर समस्यावारे चिनियाँ नेताहरु संग छलफल गरेको वताइएको थियो ।

भारतीय विदेश मन्त्रीले चिनियाँ उपराष्ट्रपति संग भेटेर गोप्य वार्ता गरेको समाचारमा जनाइएको छ । चीनको उपराष्ट्रपतिलाई चीनको राष्ट्रपतिका विश्वासिला सहयोगी मानिन्छ ।

सोमवार श्रावण २७ गते भारतका विदेशमन्त्री तथा चिनियाँ विदेश मन्त्रीका विच विशेष वार्ता भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । सो भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले भारत पाकिस्तानका विचको हालै वढेको तनाव र त्यसको सम्भावित नकारात्मक परिणामलाई चीनले नजिकवाट नियाली रहेको वताउँदै यस क्षेत्रको शान्ति र स्थिरताकोलागि भारतले श्रृजनात्मक भूमिका निभाउने अपेक्षा गरेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्रीले चीन तथा भारतका विच मतभिन्नता रहन सक्ने तर त्यसले झगडाको रुप लिन नहुने वताएको संचार माध्यमहरुले जनाएका छन् ।

यस भ्रमणमा भारतीय विदेश मन्त्रीले चीनलाई कश्मीर मामिलामा पाकिस्तानको पक्षमा खुलेर नलाग्ने कुरामा मनाउने प्रयास गरेको विश्लेषकहरुको अनुमान छ । कश्मीर मुद्दाले गर्दा भारत चीनका विचमा वैमनश्यता नआओस् र सि जिन पिंगको आगामी भारत भ्रमण रद्द नहोस भन्ने तर्फ भारतीय नेताहरुले प्रयास तीब्र पारेको पर्यवेक्षकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्