Logo
Logo

नेना र सम्झनाको नक्सालमा ‘दी पोश आउटफिटर्स’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ साउन । राजधानीको नक्सालस्थित भाटभाटेनी सुपरमार्केट अपोजिट ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । उक्त बुटिकको बुधबार अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष उज्जलकृष्ण श्रेष्ठले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटर्स’को विशेषताबारे आफूलाई मनपरेको बताइन् । उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन ।’ अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन् ।
उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन् । ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ ।


कार्यक्रममा नेना र सम्झनाले भने, ‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ ।’ उनीहरुले सर्वसाधारण व्यक्तिको पहुँच पुग्नेगरी दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए ।
कार्यक्रममा बोल्दै बुटिक एशोसिएनका अध्यक्ष श्रेष्ठले डिजाइनरद्वयलाई शुभकामना दिए । ‘फेसनको दुनियाँमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले बुटिक सञ्चालनमा ल्याएकामा खुसी लाग्यो’ उनले भने, ‘यहाँहरुलाई सफलताको शुभकामना छ ।’
त्यस्तै, हेयर स्टाइलिस तथा फेसन डिजाइनरसमेत रहेका कटवालले दि पोशको बुटिक कन्सेटको प्रसंशा गर्दै भने, ‘अन्य बुटिकहरुभन्दा फरक सोच र उद्देश्यले सञ्चालनमा आएको यो बुटिकले पक्कै फेसन पारखीको चाहनालाई पूरा गर्ने छ भन्ने मलाई लागेको छ ।’ नेना र सम्झना इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)को उत्पादित डिजाइनर हुन् ।
नेना र सम्झनाले आईआईएफटीबाट डिप्लोमा कोर्ष सकेपछि दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएका सुनाए । उनीहरुले राजधानीमा खुलेका अन्य बुटिकहरुभन्दा फरक सेवा प्रदान गर्ने समेत दावी गरेका छन् ।


डिजाइनर तथा सञ्चालिकामध्ये नेनाले भनिन्, ‘दी पोश आउटफिटर्सको स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ राखेका छौँ । हामी अर्डरअनुसार अन्तर्राष्ट्रियस्तरको पहिरन सर्वसुलभमा उपलब्ध गराउँछौँ । हामी चाहन्छौँ, बुटिकमा सबैको पहुँच पुगोस् ।’ दी पोशले विशेषगरी क्याजुअल पहिरनमा ध्यान दिए पनि अर्डरअनुसार सारी, गाउन, टप्स, कुर्था–सुरुवाल इत्यादी तयार गर्ने सम्झनाले बताइन् । दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्