Logo
Logo

पक्राउको डरले बस्तीभरि ताला !


- दृष्टि न्युज/संवाददाता


नवलपरासी, ३० साउन । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरामा गाउँभरी ताला लागेको छ । बस्तीका ३४ घरमध्ये सबैजसोको ढोकामा ताला लागेको छ । उनीहरुले पक्राउको डरले लाखापाखा लागेका हुन् ।
कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एक सयवटाभन्दा बढी हरिया रूख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका छन् । हरिया रूख काटिएको ३६ दिनपछि डिभिजन वन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् । कान्तिपर दैनिकमा समाचार छ ।
खकरा गाउँ नजिकको जंगलमा वन कर्मचारी र वन समितिका स्थानीय पदाधिकारीको मिलेमतोमा हरिया रूख फँडानी भएको हो । त्यहाँ करिब ४ हजार क्युफिट काठ अवैध कटान गरिएको प्रारम्भिक अनुमान छ । त्यसको प्रचलित बजार मूल्य ४० लाख पर्छ ।
रूख कटानमा संलग्नले जनही ४० लाख बिगो र त्यसको दुई गुणा बढी जरिवाना तिर्नुपर्ने हल्ला भएपछि सोझा गाउँलेको भागाभाग भएको हो । रूख कटानमा संलग्न रहेको आरोप लागेका वडाध्यक्ष रनबहादुर झेडीमगर, वन समूहका अध्यक्ष दीपक जीसी र सचिव जयबहादुर बाह्रघरे भने गाउँमै छन् ।

प्रतिक्रिया दिनुहोस्