Logo
Logo

रसुवा प्रहरीलाई चीनको सहयोग


- दृष्टि न्युज/संवाददाता


रसुवा, ३० साउन । रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड (ढाला) लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन् । सीमा क्षेत्रमा कार्यरत चिनियाँ सुरक्षा अधिकारीले रसुवागढीको आफ्नै भूभागबाट सामान हस्तान्तरण गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्