Logo
Logo

बाबुरामसँगको सहकार्य दीर्घकालीन हो : प्रचण्ड


882
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्य अल्पकालीन नभएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफुहरुबीचको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका हुन् ।

प्रचण्डले वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको बताए ।

‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्