Logo
Logo

तरिबरमा रक्षाबन्धन तथा जनै पूर्णिमा (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । आज बिहीबार रक्षाबन्धन अर्थात जनै पूर्णिमा । रक्षाबन्धनको तथा जनै पूर्णिमाको अवसरमा आज काठमाडौँको पशुपतिनाथ क्षेत्र एवं देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवं शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । तस्बिरहरु : रासस

पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार जनैपूर्णिमाका अवसरमा रक्षाबन्धनको डोरो नाडीमा बाध्दै बालबालिका

काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट जनै आमन्त्रण र रक्षाबन्धन गर्ने सर्वसाधारणको भीड ।

वण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट नारीमा डोरो बाध्दै बालक ।

बागेश्वरी मन्दिरमा रक्षाबन्धनको चहलपहल : ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा रक्षाबन्धन व्राहमणको हातबाट बाँध्न पुगेका सर्वसाधारण ।

प्रतिक्रिया दिनुहोस्