Logo
Logo

नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान : बाबुराम


819
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको टिप्पणी गरेका छन् ।

फाइल फोटो

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताएका हुन् ।

उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको उनले बताए । संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउन अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको भट्टराईले बताए ।

‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकि पुराना शक्तिहरूले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ’, उनले भने, ‘यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्