Logo
Logo

दशैं गीत ‘चर्के पिङ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीनजिक आइरहँदा अहिले त्यससम्बन्धित गीतहरु सार्वजनिक भैरहेका छन् ।

यसैक्रममा मानकुमारी लामाले आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा दशैँ गीत ‘चर्के पिङ’ सार्वजनिक गरेकी छन् । उनको यो पहिलो गीत भएपनि उनले नेपाली लोक तथा दोहोरीगीत संगीतका थप्रै हस्तीहरुसँग सहकार्य गरिसकेकी छ् । त्यसैले उनले आफ्नो पहिलो गीतलाई उत्कृष्ट बनाएकी छन् । यस गीतमा लय नारायण दंगाल र शब्द शारदा रसाइँलीको रहेको छ ।
‘चर्के पिङ्ग’ गीतमा राम स्याङ्गतान, सागर स्याङ्गतान र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ ।

‘चर्के पिङ’ गीतमा, दशैँ दुखमात्र होइन, आफ्नो गक्ष्यअनुसार हर्षोल्लासका साथमा पनि मनाउनुपर्दछ भन्ने संदेश दिएको छ । अमोन रानाको कोरिग्राफी रहेको यस गीतको भिडियोमा सुक्र लामा, प्रकाश तामाङ्ग, राज, जुना कार्की र गणेश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्