Logo
Logo

चुनावमा जानूअघि गठबन्धनले साझा दृष्टिकोण बनाउन युवा संघका अध्यक्ष शाहीको सुझाव



काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघका अध्यक्ष नरेशकुमार शाहीले चुनावमा जानूभन्दा अगाडी गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । गठबन्धनका नेताहरुले न्युनतम साझा कार्यक्रमको नितिगत अपिल सार्बजनिक गर्नुपर्ने अध्यक्ष शाहीको सुझाव छ ।

‘गठबन्धनका नेताहरुले औपचारिक र अनौपचारिक भेटघाटमा सुझाबको रुपमा भनिएकै बिषय हो, उनले भने, ‘गठवन्धनले निम्न बिषयहरुमा साझा दृष्टिकोण र कार्यक्रम ल्याओस भन्ने मेरो सुझाब हो ।’

समाजिक संजाल फेसबुकमार्फत उनले भनेका छन्, ‘गठबन्धन रणनीतिक र राजनीतिक कार्यक्रमिक मोर्चा हो वा राजनीति सैद्धान्तिक मोर्चा हो ?’ उनले गठबन्धन चुनावसम्म मात्रै हो वा सरकार निर्माण र सञ्चालनसम्म पनि हो ? भन्दै प्रश्न गरेका छन् ।
उनको प्रश्न छ, ‘गठबन्धन गर्नैपर्ने परिस्थिति के हो ? र किन बन्यो, यसले लोकतन्त्र, संसदीय व्यवस्था र नेपालको संविधानको रक्षा र बिकासमा के योगदान गर्छ ?’

अध्यक्ष शाहीले गठबन्धनले आन्तरिक दलीय लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, स्वयं दलहरुको पारदर्शिताको सवालहरुमा के योगदान गर्छ ? चुनाब जिते र सरकार बनाएपछि शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षा, बिकास, रोजगारी, अर्थ व्यवस्था, भ्रष्टाचारको अन्त्य र सुशासन, सेवा प्रबाह र मूल्य वृद्धिको नियन्त्रणका सम्बन्धमा नितिगत ब्यवस्था के हुन्छ ? र यी क्षेत्रमा कसरी कामहरु गरिन्छन् ? भन्ने प्रश्न गरेका छन् ।

अध्यक्ष शाहीले गठबन्धनका शीर्ष नेताहरुसँग सुझाव माग्दै प्रश्न गरेका छन्, ‘देशको समग्र अर्थ निति कस्तो हुने हो, उत्पादन र बितरणलाइ समन्यायिक कसरी बनाइन्छ ? परराष्ट्र नीति र अन्तरास्ट्रिय सम्बन्धको ब्यबहारिक पक्ष कस्तो हुन्छ ? देशको सार्बभौमसत्ता, राष्ट्रिय अखण्डता र भु–सुरक्षा खासगरी दुई छिमेकी (भारत र चीन)सँगको सम्बन्ध र पछिल्लो समयमा अमेरिकीहरुको अस्वभाविक गतिविधिहरुप्रति गठबन्धनको दृष्टिकोण के हो ?’

प्रतिक्रिया दिनुहोस्