Logo
Logo

राप्रपामा रविन्द्र मिश्रलाई राजेन्द्र लिङ्देनपछिको वरीयता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरीयतामा रहनेगरी बरिष्ठ उपाध्यक्षसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।
राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि उनले बहस चलाउँदै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।

प्रतिक्रिया दिनुहोस्