Logo
Logo

तानसेनमा गाईजात्राको रौनक


- दृष्टि न्युज/संवाददाता


पाल्पा, ३१ साउन । तानसेन पर्यटकीयमात्र होइन, सांस्केतिक शहर पनि हो । आज शुक्रबार गाइँजात्राको दिन बिहानैदेखि दिवंगतहरुको सम्झनामा विभिन्न प्रकारका साँस्कृतिक झँक्रीहरु प्रस्तुत गरिएका छन् ।
दिवंगतहरुको सम्झनामा निर्गुन भजन गाउने प्रचलन छ । त्यस्तै, महिलाहरुको सम्झानामा ताहामचाः निकाल्ने चलन छ । गाईजात्रा हेर्न वरपरका गाउँलेको ठूलो भीड लाग्ने गरेको छ । गाईजात्रापछि बाघजात्रा, रोपाइँ जात्रा र लाखेनाच पनि मनाइने परम्परा छ । काठमाडौं, ललितपर र भक्तपुरबाट बसाइँ–सराइ गरेर पाल्पा पुगेका नेवार समुदायले यो पर्व मनाउने गर्दछ ।
पाल्पाको परम्परागत संस्कृति जर्गेना गर्न देउराली साँस्कृतिक परिावारले महत्वपूर्ण भूमिका खेलेको छ । पाल्पाका जात्राहरुलाई तानसेन गुठीले पनि सहयोग गर्दै आएको छ ।
पाल्पाको सबैभन्दा ठूलो भगवती जात्रा हो । भदौ ७ गते मनाइने भगवती जात्राको अहिले तयारी भइरहेको छ । यसबाहेक अमर नारायण जात्रा, श्रीनगर गणेश र टक्सार गणेश जात्रा, सितलपाटी र भीमसेन टोलस्थित भीमसने जात्रा, बसन्तपुरस्थित लक्ष्मीनारायण जात्रा र अमरजंगस्थित भैरव जात्रा पाल्पाका महत्वपूर्ण जात्राहरु पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्