Logo
Logo

नेकपामा ३३ विभागको जिम्मेवारी टुंगियो : स्कूल विभागमा पोखरेल, गौतमलाई उपाध्यक्ष प्रस्ताव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । स्कुल विभागमा सहमति हुन नसक्दा पटक–पटक बैठक स्थगित हुँदै आएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्कुल विभागको जिम्मेवारी टुंग्याएको हो ।
लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम र विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।
त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् ।
हाललै संगठन विभाग प्रमुख तोकिएका वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्