Logo
Logo

तुलसी र प्रविशाको पुर्वेली लोकभाकामा ‘वैंसको सत्यानाश’ (भिडियोसहित)



काठमाडौं । पुर्वेली लोकभाकाका चर्चित गायक तुलसी पराजुलीले लामो समयको अन्तरालपछि नयाँ गीत ल्याएका छन् ।
‘वैंसको सत्यानास’ बोलको यस पुर्वेली भाकाको लोकगीतमा तुलसीसँगै गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । पाश्र्व एवं सुगम संगीतकी चर्चित गायिका प्रविशाले पहिलोपटक पुर्वेली लोकगीत गाएकी हुन् ।

गायक तुलसी पराजुली ठेट पुर्वेली लोकभाका लागि लोकप्रिय छन् । उनका हरेक गीतमा पुर्वेली लय र सुगन्ध पाइन्छ । ‘आकाशैको कालो बादल’, ‘कान्छीको छाता’, ‘हातको घडी’, ‘मादलु घन्काउँला’ जस्ता दर्जनौँ चर्चित पुर्वेली गीतका गायक पराजुलीको यो पछिल्लो गीत ‘वैंसको सत्यानाश’लाई पनि दर्शक तथा श्रोताले रुचाएका छन् ।

गायक पराजुलीले आफ्नै अफिसियल्ली युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता तथा मोडल धमेन्द्र आचार्य र पछिल्लो समयकी चर्चित मोडल रिचा थापाको अभिनय तथा नृत्य रहेको छ । यस भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

रमेश विजीको शब्दरचना रहेको ‘वैंसको सत्यानाश’ गीतमा लय गायक पराजुलीकै रहेको छ । यस गीतको भिडियोमा मेघराज मंग्रान्तिको कोरियोग्राफी र विश्व केसीको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्