Logo
Logo

‘ठुलो माछा’ अमेरिका जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ भदौं । नेपाली कलाकारमा ‘नक्कली प्रचण्ड’को नामले चिनिएका कलाकार प्रदीप पाठक नक्कली (प्रचण्ड) फिल्म सुटिङ गर्न अमेरिका जाने भएका छन् । उनी आफैँले निर्देशन गरिरहेको हाँस्यप्रदान भनिएको फिल्म ‘ठूलो माछा’को छायांकनका लागि अमेरिका जान लागेका हुन् ।
फिल्मको केही दृश्य नेपालमा छायाँकन गरिने छ भने बाँकी अमेरिकामै हुने पाठकले बताए । हाल नेपालमै छायाँकन भइरहेको छ । अब केही दिनमै अमेरिका उड्ने तयारी भइरहेको निर्देशक पाठकले बताए । दसैँ सकिएलगत्तै अमेरिकामा छायाँकन सुरु हुने पाठकले जानकारी गराएका छन् । अमेरिका निर्देशक आफैमात्र जान लागेको र त्यहिँका क्यामेरा र नेपाली कलाकारलाई फिल्ममा समावेश गर्ने उनले बताए ।
दुई महिनाभित्र अमेरिकामा छायाँकन सकेर भारतमा पनि फिल्म छायाँकन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्