Logo
Logo

गायक प्रमोद पाण्डेको निधन



काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ट गायक प्रमोद पाण्डेको निधन भएको छ । गायक पाण्डेको ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो ।

उनी करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आएका थिए । रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् ।

मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्