घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु « Drishti News – Nepalese News Portal
Logo

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु


- दृष्टि न्युज/संवाददाता


नुवाकोट, १ भदौं । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।
उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु भएको हो । उनी बौद्धिक अपांगतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्