Logo
Logo

आलोचनाका नाममा प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य हुँदैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावसम्म सरकारको नेतृत्व आफैँले गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारको लोकतन्त्र र निष्ठाप्रतिको विरोधीहरुले अनावाश्यक भ्रम फैलाइएको भन्दै भ्रम नफैलाउन समेत चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री पद जाने भयो भनेर लगलग कामेको छ भनेको सुनेको छु । त्यस्ता तत्वहरु नहौसिए हुन्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’ उनले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहने बताए ।
पूर्वराज ज्ञानेन्द्र शाह सक्रिय भएको प्रति ब्यंग्य गर्दै प्रधानमन्त्री होलीले भने, ‘चिहानमा गएर हड्डी फुकेर पुरानो सत्ता ल्याउने सपना नदेख्न आग्रह गर्छु ।’ उनले वर्तमान सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार नभएको बताउँदै भने, ‘यो सरकार आवेग, उत्तेजना र फ्रस्टेशनबाट बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो ।’
लोकतन्त्रप्रति अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल नहुने भन्दै उनले भने, ‘यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन ।’
प्रधानमन्त्री ओलीले विगतमा संसदीय अभ्यासमा केही त्रुटिहरु भएका कारण आफूले बोल्न नपाएको बताए । उनले भने, ‘संविधानसभाबाट समानुपातिक प्रतिनिधित्वको आधारमा २ वर्षमा उत्कृष्ट संविधान निर्माण गरेका छौँ । संविधानबाट देश र जनाले लाभ पाउने हामीले काम गर्नुपर्छ ।’ उनले संघीय लोकतान्त्रिक प्रणाली नयाँ प्रणाली भएकाले केही समस्या रहेको बताउँदै भने, ‘यस प्रणालीले राम्ररी अभ्यास गर्न नपाउँदै यसलाई अप्ठेरोमा पार्ने पनि छन् ।’ यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् ।’
प्रधानमन्त्री ओलीले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाधबाहेक ती कानुनहरु पुरा भएको बताए । ‘कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ, उनले भने, ‘त्यसो हुँदा जनताले पाउने प्रतिफल कमजोर हुन्छ । त्यसैले कानुन निर्माणमा ढिला गर्नुहुदैन ।’ शान्तिसुरक्षा र सम्मानपूर्ण ढंगले समानताका आधारमा बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै सुखी नेपाली सम्बृद्ध नेपालको कल्पना भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्