Logo
Logo

तनहुँमा ६२ को उम्मेदवारी, महिला ४ मात्रै


91
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी परेको छ ।

२ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रका लागि उक्त उम्मेदवारी दर्ता भएको हो । तनहुँमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६२ मध्ये महिला उम्मेदवार भने ४ जना मात्रै छन् । प्रतिनिधिसभामा २ र प्रदेशसभामा २ महिलाले उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्