Logo
Logo

पूर्वी नवलपरासीमा ७६ जनाको उम्मेदवारी


78
Shares

नवलपरासी । पूर्वी नवलपरासीमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार छन् ।

२ संघीय निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ५ जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालासहित १६ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । यहाँको प्रदेश (क) मा २ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, नेकपा एमालेका रवीन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापालगायत छन् ।

त्यसैगरी प्रदेशसभा (ख) मा ३ स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका छन् । जसमा नेकपा एमालेका रोशनबहादुर गाहामगर, नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललगायत छन् । त्यसैगरी संघीय निर्वाच क्षेत्र २ मा ५ स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेमा माओवादी केन्द्रका बालकृष्ण गैरे, कांग्रेसका विष्णुकुमार कार्की, एमालेका तिलबहादुर महत क्षेत्रीलगायत छन् । प्रदेशसभा (क) मा ३ स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट सौगमकुमार सिरपाली विक, एमालेबाट पदमा जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुनबहादुर आलेमगर, कांग्रेसबाट विष्णुप्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठले उम्मेदवारी दिएका हुन् । प्रदेशसभा (ख) मा ३ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमा एमालेबाट लक्ष्मणबहादुर पाण्डे, नेकपा (एस) बाट डा. गोपालप्रसाद खनाललगायत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्