Logo
Logo

ममदीका नखुलेका पाटा


श्याम रिमाल


– श्याम रिमाल

‘…म तिम्रो पुजारी

मलाई टहलाउन देऊ, लहराउन देऊ

बहलाउन देऊ, चलमलाउन देऊ

अनि, तिमी सलबलाऊ

म मेरी

माधवीलाई पाउने छु

हो साँच्चै तिमी मेरी माधवी हुनेछौ

हामी मीठो वन्दना गाउने छाँै ।’ ं(माधवी, चन्द्र राई आकाश, साहित्य सङ्ग्रहालय)

केशरजंग रायमाझी धारमा रहेका मदनमणि दीक्षितकको पत्रिका समीक्षा कवि–साहित्यकारहरुबीच पनि लोकप्रिय थियो, कारण त्यसमा ‘कविले जीवनलाई हेर्दा’ शीर्षकको कवितास्तम्भ राखिएको थियो । यसमा चर्चित कविहरु भूपी शेरचनजस्ताका कविता त छापिन्थे नै, नवप्रतिभालाई पनि उत्तिकै स्थान दिइन्थ्यो । मेरा ठूला दाजु समीक्षा नियमित पढ्नुहुन्थ्यो । समीक्षा बन्द भए ‘आजकल’ प्रकाशन हुन्थ्यो । जुन उनको आफ्नै नाममा दर्ता भएको थियो । यसै मेसोमा मेरो ‘झुपडीको कथा‘ शीर्षक कविता ‘समीक्षा’मा छापिएको थियो । पछि केही गजल पनि । पत्रिकाको पहिलो पाना पल्टाउनासाथ तेस्रो पृष्ठको माथि दायाँपट्टि कविताको सो स्तम्भ देखापरिहाल्थ्यो । साहित्यकार पूर्णविराम यसको महत्वबारे निकै चर्चा गर्थे । उनका पनि धेरै कविता ‘समीक्षा’मा छापिएको थियो । गाईजात्रा अङ्कमा समेत स्तम्भ नबिगारी पत्रिका छापिन्थ्यो । मदनमणिको ‘त्यो युग’ स्तम्भ थियो पूरै पाना छापिन्थ्यो । ‘माधवी’ मैले धेरै पछि पढेँ, तर पूरै अझ पढिन कि । ‘लट्टु मियाँकी घोडी’ पनि पछि पढेँ निबर्सने गरी ।

त्यतिबेला ‘समीक्षा‘को साटो नेकपा रुसी धारको कार्यालयमा चिनियाँ धारको भनिने ‘मातृभूमि’ पत्रिका लिएर जाँदा साथीहरु गाली गर्थे भन्ने कुरा पनि ती नेताले बताए । बढी लेख्ने पत्रकार साहित्यकार हुन् ममदी । करीब तीन करोड अक्षर प्रिन्ट भएको छ भनिन्छ । उनका भाइ महेशमणि दीक्षित पनि भन्थे, “माक्र्सवादमा मैले नै होला सबभन्दा बढी अक्षर खर्च गरेको । “यही ‘दृष्टि’ साप्ताहिकमा महेशको झलनाथ खनाल (अभिमन्यु) सँग धेरै समय अक्षरयुद्ध नै चलेको थियो । महेशपछि नेकपा मानन्धर समूह छाडेर नेकपा (एमाले) मा आए र राष्ट्रियसभा सदस्यसम्म भए, उनी पनि बितिसकेका छन् ।

ममदीको फोटोग्राफीबारे पनि निकै चर्चा हुने गथ्र्याे । नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा महेश आचार्य र विनोद दीक्षितको साइनोबाट उपकुलपतिमा आएको भनिन्थो उनलाई । ममदी त्यहाँ अलोकप्रिय भएपछि मनमोहन अधिकारीको नौ महिने सरकारले धुस्वाँ सायमीलाई उपकुलपति बनाउन चाहेको रहेछ । सायमीले राजु सायमी र मलाई भनेका थिए, ‘म कसैलाई हटाएर भने उपकुलपति खान्न ।’ सायमी पनि त्यतिबेला परिषद् सदस्य नै थिए । प्रज्ञा प्रतिष्ठानमा त्यतिबेला जापान भ्रमण, कम्प्युटर खरीदजस्ता काण्डको पनि चर्चा चलेको थियो । त्यसैले ममदी आफ्नो उपकुलपतित्वकालका चर्चै गर्न चाहन्नथे । मदनमणि दीक्षित (ममदी) आफ्नी धर्मपत्नीलाई देवीजी भनी सम्बोधन गर्थे । उनका धेरै कृति महिलामाथि नै केन्द्रित छन् । कम्युनिष्ट हुनु र पूर्वीयदर्शनका अध्येता तथा ज्ञाता हुनु, पत्रकार हुनु र साहित्यकार हुनु, बहुदलवादी हुनु र पनीजाबुसको वक्ता बनेर जिल्लाहरुमा जानु उनका अनौठा विशेषता र विरोधाभास थिए । दुइटा लेख छापिएर र दुइटा किताब छापिएर म अब चर्चित भएँ भन्नेका लागि ममदीले शिक्षा दिएका छन् । जीवनको उत्तराद्र्धमा सत्यमोहन जोशी र माधवप्रसाद घिमिरेले जति सम्मान नपाए पनि ती तीनजना एकैकोटिका थिए । ममदी सार्वजनिक कार्यक्रममा त्यति नजाने र भाषा पनि क्लिष्ट नै बोल्थे । उनलाई सर्वसाधारणले त्यति चिनेनन् कि ? माधवप्रसाद घिमिरेलाई राष्ट्रिय अभिनन्दन उनैको संयोजकत्वमा भएको थियो भने माप्रघिको ‘अश्वत्थामा’ खण्डकाव्य पनि ममदीकै नेतृत्वमा अनुवाद भई नोबेल पुरस्कारका लागि सिफारिश भएको थियो कि । ममदीको पुस्तकप्रति बढी नै आशक्ति थियो । सिर्जनशील साहित्य समाज (सिसास) ले चालीसको दशकमा नेपाल भारत पुस्तकालयमा आयोजना गरेको एक कार्यक्रममा कसैको हातमा रहेको पाब्लो नेरुदाको कृति मागेर लिएको सम्झना मलाई ताजा नै छ । (आफ्नै फेसबुक स्टयाटसबाट, साउन ३२ )

प्रायः सधैँ कालो टोपी र कोटमा सजिने पुड्का ममदीमा राष्ट्रवादी चिन्तन नै थियो । सोभियत सङ्घ अवसान भएपछि केशरजङ्ग रायमाझी, नीलाम्बर आचार्य र ममदीले कम्युनिष्ट विचार छाड्नाको कारणमा जे जस्तो भनिए पनि उताबाट आउने ‘दानापानी’ समाप्त हुनु नै हो भन्ने कुरा नेकपा मानन्धर समूहका पुराना एक सदस्य बताउँछन् । त्यतिबेला ‘समीक्षा‘को साटो नेकपा रुसी धारको कार्यालयमा चिनियाँ धारको भनिने ‘मातृभूमि’ पत्रिका लिएर जाँदा साथीहरु गाली गर्थे भन्ने कुरा पनि ती नेताले बताए । बढी लेख्ने पत्रकार साहित्यकार हुन् ममदी । करीब तीन करोड अक्षर प्रिन्ट भएको छ भनिन्छ । उनका भाइ महेशमणि दीक्षित पनि भन्थे, “माक्र्सवादमा मैले नै होला सबभन्दा बढी अक्षर खर्च गरेको । “यही ‘दृष्टि’ साप्ताहिकमा महेशको झलनाथ खनाल (अभिमन्यु) सँग धेरै समय अक्षरयुद्ध नै चलेको थियो । महेशपछि नेकपा मानन्धर समूह छाडेर नेकपा (एमाले) मा आए र राष्ट्रियसभा सदस्यसम्म भए, उनी पनि बितिसकेका छन् । छोरा विनोद पनि पत्रकार साहित्यकार हुन् जसले पछि ‘समीक्षा’ चलाएका थिए । पचासको दशकमा कलाकार कुलमानसिंह भण्डारीको एकल कला प्रदर्शनी दरबारमार्गमा हुँदा ममदी प्रमुख अतिथि थिए । भियतनाममाथि अमेरिकाको आक्रमण हुँदा त्यसको विरोध गरी भण्डारीले एउटा कार्टुन बनाएका थिए जुन चीनमा भएको एक प्रदर्शनीमा पनि पठाइएको थियो । ममदीले साम्राज्यवाद विरोधी अन्तरराष्ट्रिय कलाकार भनी भण्डारीको प्रशंसा गरे । अहिले भण्डारी अन्तरराष्ट्रिय कलाकार भनी बल्ल चिनिन थालेका छन् ।

मदन पुरस्कार पाएको उत्तरवैदिककालीन समयको दासप्रथाको विषयलाई लिएर नारीलाई केन्द्रित गरेर लेखिएको ‘माधवी‘भन्दा ‘मेरी नीलिमा’ कता हो कता मन पराउँथे ममदी । जसमा नरनारी विशिष्ट सम्बन्धलाई विशिष्ट र मनमोहक ढङ्गबाट नयाँ परिभाषा र विश्लेषण गरिएको छ । अहिलेका कतिपय पत्रकारलाई साहित्यमा रुचि छैन, कतिपय राजनीतिकर्मीको नजीक छन्, राजनीति गर्दैनन् । कतिपयलाई क्यामेरा चलाउन आउँदैन । सम्पादकहरु मुश्किलले कहिलेकाहीँ लेख्लान्, सम्पादकीय लेख्दैनन्, स्तम्भ चलाउने कुरा त झन् परको भयो । एउटा ठूलै पत्रिकाका सम्पादकलाई बल्ल बल्ल एउटा सम्पादकीय लेख्न विवश पारिएको कुरा पनि सुनिएकै हो । म्यारिज खेल्नमा माहिर भए पनि उनीजस्तो चेस को पत्रकार एवं साहित्यकार खेल्ला जो आफ्नै चर्चित हजुरबालाई हराएर बक्सिस पाउँथे, गाली पनि खान्थे । खेल्नेमा बरु माधवकुमार नेपालको नाम सुनिएको हो । एकै व्यक्तिमा साहित्यकार, पत्रकार, राजनीतिकर्मी, फोटोग्राफर र खेलाडीको संयोजन हुनु आश्चर्यको कुरा हैन त ?

[email protected]

प्रतिक्रिया दिनुहोस्