Logo
Logo

राप्रपा मधेसकी सांसद विच्छाको पद गयो


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रवार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।

उनी पार्टीको मधेश प्रदेशका महिला तर्फ समानुपातिक प्रदेश सभा सदस्य थिइन् । पार्टीको नीति विपरित अनुशासन उल्लङ्घन गरेकाले राप्रपार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको थियो । 

विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्