Logo
Logo

करेन्ट लागेर पर्सामा २ जनाको मृत्यु


104
Shares

वीरगंज । पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका वीरगंज–२६ मा घरमा प्लास्टर गर्ने क्रममा धोबिनी–३ हरिहरपुरका सैफुल्ला अंसारीको मृत्यु भएको हो ।

विद्युत्काे पोलको तारमा अचानक करेन्ट लागी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसैगरी वीरगंज–९ रानिघाटका ६० वर्षीय ६० धुवप्रसाद साहको मृत्यु भएको छ ।

वीरगंज–८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा करेन्ट लाग्दा भुईमा लडी घाइते भएको र तत्कालै उपचारको लागि आसाराम अस्पतालमा वीरगंज पठाइएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्