Logo
Logo

चलचित्र ‘पूर्णिमा’मा देखिँदै मौसमी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ भदौं । म्युजिक भिडियोकी मोडल मौसमी कन्दङ्वा लिम्बू गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘पूर्णिमा’मा देखिने भएकी छन् । यो चलचित्र स्याङ्जा र लम्जुङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको छ ।
चलचित्र ‘पूर्णिमा’को निर्देशन जनक गुरुङले गरिरहेका छन् । चलचित्रमा लेखन पनि जनककै रहेको छ । नवज्योती भिजन नेपालको दोस्रो प्रस्तुत रहेको चलचित्र ‘पूर्णिमा’मा मोडल पूर्णिमा गुरुङ र मनोज गुरुङको मुख्य अभिनय रहेको छ । उक्त चलचित्रमा मौसमी क्यारेक्टर भूमिकामा देखिनेछिन् ।


विभिन्न गीतको भिडियोहरुमा मोडलिङ गर्दै आएकी मौसमीले गुरुङ संस्कृतिमा आधारित चलचित्रमा अभिनय गर्दा रमाइलो लागेको बताइन् । उनले भनिन्, ‘गुरुङ संस्कृति र रहन–सहन बोकेको चलचित्रमा अभिनय गर्दा रमाइलो लाग्यो ।’ उनले आफ्नो रोल छोटो भएपनि महत्वपूर्ण रहेको बताइन् ।


चलचित्रकी मुख्य नायिका स्याङ्जाकी पूर्णिमा गुरुङले पनि थुप्रै म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् । लमजुङको सल्लाबोटे र भैसारालगायत स्याङजामा समेत छायाँकन गरिएको निर्देशक ग्ुरुङले बताए । चलचित्रमा पूर्णिमा गुरुङ, मनोज गुरुङ, मौसमी कन्दङ्वा लिम्बू, भौमाया गुरुङलगायतको अभिनय रहेको छ । ‘पूर्णिमा’को सह–निर्देशन रविन तमूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्