Logo
Logo

खोटाङमा कांग्रेसका बागी सर्वधन र सुवासले लिए उम्मेदवारी फिर्ता


13.1k
Shares

खोटाङ । सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका नेपाली कांग्रेस खोटाङका २ जनाले फिर्ता लिएका छन् ।

पूर्व राज्यमन्त्री सर्वधन राई र सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता लिएका हुन् । सर्वधनले प्रतिनिधि सभा र सुवासले प्रदेश ‘क’ मा बागी दिएका दिए । कांग्रेसकै पूर्व उपसभापति धर्मराज पोखरेलले भने उम्मेदवारी फिर्ता लिएनन् ।

खोटाङमा प्रतिनिधि सभा माओवादी, प्रदेश ‘क’ एकीकृत समाजवादी र ‘ख’ कांग्रेसको भागमा परेको थियो । प्रतिनिधिसभामा रामकुमार राई, प्रदेश ‘क’ मा वीरबलकाजी राई र ‘ख’ मा कांग्रेसका भूपेन्द्र राईले गठबन्धनबाट टिकट पाएका छन् ।

प्रतिनिधि सभामा टिकट नपाए दुवै प्रदेशमा कांग्रेसले पाउनु पर्ने माग गर्दै आएको कांग्रेसले दुवै प्रदेशमा उम्मेदवार कायम राखेको छ । केन्द्रले बुधबार १ बजेसम्ममा उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएपछि २ जनाले फिर्ता लिएका हुन् । धर्मराजलाई यसअघि मेयरको टिकट दिएर पनि कांग्रेसले पछि खोसेको थियो । उनको उम्मेदवारी कायम छ ।

यहाँ एमालेबाट प्रतिनिधि सभामा विशाल भट्टराई, प्रदेश ‘क’ मा पाँचकर्ण राई तथा ‘ख’ मा रामप्रसाद दंगालको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्