Logo
Logo

राप्तीकाे कटानले दर्जन गाउँ जोखिममा


65
Shares

बाँके । बाँकेको देउपुरासहित दर्जन गाउँ बाढीको जोखिममा छन् ।

राप्तीको बाढी तटबन्ध भत्काएर बस्तीतर्फ पसेपछि स्थानीयको भोक–निद्रा हराएको छ । बाढीले बगाउने डरले ५ दिनदेखि आफूहरु गस्तीमा खटिएको स्थानीय फारुक अलि शेषले बताए ।

नदी बस्तीतिर पसेर बगाउने डरले गाउँका कोही पनि राति सुत्न नसकेको उनको भनाइ छ । बाढीले तटबन्धमाथिको बाटोसमेत भत्काइ सकेको छ । बढीले दर्जनौं बिगामा लगाएको धानबाली नष्ट गरिसकेको छ ।

राप्तीले देउपुरानजिकै तटबन्ध कटान तीव्र पारेको छ । कटानका कारण देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेँदुवा, गंगापुर, सोनवर्सा, खुदरवेटवा, कुँडुवा बस्ती उच्च जोखिमा छन् । वडा नम्बर ७ सँगै ५ र ६ मा पनि तटबन्धसँगै बाढीले घरखेत नै बगाइरहेको छ ।

भोजभगवानपुर बस्ती सबैभन्दा जोखिममा छ । नदीको बाढी बस्तीनजिकै पुगेको छ । उर्वर भूमि बगरमा परिणत भएको छ । पाकेर भित्र्याउने बेलाको सयौं बिघा धानबाली पूरै नष्ट भएको छ ।

नरैनापुरमा बाढी तथा डुबानबाट ३ हजार घर प्रभावित भएको र २ सय घर पूर्ण रूपमा क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

प्रतिक्रिया दिनुहोस्