Logo
Logo

रेड पान्डा जाेगाउन ताप्लेजुङमा कुकुरको बन्ध्याकरण


117
Shares

ताप्लेजुङ । ताप्लेजुङमा रेड पान्डा जोगाउन कुकुरको बन्ध्याकरण गरिएको छ ।

घर पालुवा तथा सामुदायिक कुकुरको आक्रमणबाट रेड पान्डा असुरक्षित बनेको भन्दै कुकुरको बन्ध्याकरण गरिएको हो । रेड पान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले रेड पान्डा पाइने क्षेत्र तथा वासस्थान नजिकका गाउँघरमा रहेका कुकुरको बन्ध्याकरण गरेको हो ।

बन्ध्याकरणसँगै रेबिजविरुद्ध खोप, भिटामिन र जुकाको औषधिसमेत दिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेड पान्डा पाइने क्षेत्रका गाउँ बस्तीमा रहेका कुकुर तथा बिरालो नियन्त्रण गर्न सके दुर्लभ रेड पान्डाको संरक्षणमा सहयोग पुग्ने भएकाले उनको विश्वास छ ।

त्यसैले बन्ध्याकरण र औषधि तथा भिटामिन खुवाउने अभियानको सुरुवात गरिएको राई बताउँछन् । बन्ध्याकरण गर्दा र भिटामिनले कुकुरको शरीर मोटाएर भद्दा भई सिकार गर्न नरुचाउने हुँदा यसले रेड पान्डा संरक्षणमा सहयोग पुग्ने मञ्चको विश्वास छ ।

ताप्लेजुङमा पाथीभरा क्षेत्र, तिम्बुङ पोखरी, तोक्पेगोला लगायतका क्षेत्रमा गरी करिब १ सय ७० वटा बढी रेड पान्डा रहेको मञ्चको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्