Logo
Logo

वडाध्यक्षको नेतृत्वमा नरैनापुरको क्षति संकलन गरिने


52
Shares

बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढी पीडितलाई तत्काल राहत वितरण गरिने बताएका छन् ।

बिहीबार विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा वडाध्यक्ष, स्थानीय प्रहरी, रेडक्रस स्वास्थ्यका प्रमुखलाई वास्तविक बाढी पीडितको तथ्याक संकलन गर्न निर्देशन दिए ।

नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरेर तत्काल राहत सामग्री वितरण गर्ने बैठकले निर्णय गरेको छ । साथै विभिन्न संघ, संस्थालाई सहयोगको लागि अनुरोध गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणाली मार्फत पालिका बाटै वितरण गर्ने निर्णय भएको छ ।

क्षति भएका सार्वजनिक संरचना तत्काल पुनः निर्माण गर्ने, धानबाली क्षति विवरण कृषि शाखाले संकलन गर्ने र सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्