Logo
Logo

श्रीमती र छोराछोरीको हत्या गरेर भागेका दीपेन्द्र घाइते अवस्थामा भेटिए


208
Shares

बारा । बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन् । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका दीपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेर भाग्दै गर्दा दुर्घटनामा परेको अवस्थामा दीपेन्द्र पक्राउ परेको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार दीपेन्द्रले २५ वर्षीया पत्नी सुजता चौधरी, छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजविर चौधरीको हत्या गरेका हुन् । गाउँकै ढोरा खोलामा परिवारै घोंगी खोज्न गएका बेला उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान खोला किनारमा फरक–फरक स्थानमा आमा र छोराछोरीको शव फेला परेको थियो । उनीहरु सबैको घाँटी रेटिएको छ । घोंगी टिप्ने क्रममा विवाद भएप्छि दिपेन्द्रले आवेशमा हत्या गरेको हुनस सक्ने एसपी बोगटीले बताए ।
प्रहरीको प्रारीम्भक अनुसन्धानअनुसार दिपेन्द्रले सोमबार नै हत्या गरेका थिए । तर, बुधबारमात्रै शव फेला परेको थियो । सोमबार राति दिपेन्द्र दुर्घटनामा परेको अवस्थामा फेला परेका थिए ।

घाइते दिपेन्द्रको आफन्त खोजी गर्नेक्रममा उनी हत्यारा भएको खलेको हो । उनका ससुरा सुरेन्द्र चौधरीले छोरी र नातिनातीनाको सोधिखोजी गर्दै जाँदा घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

सुरुमा दीपेन्द्रले छोराछोरीको हत्या भएकाले आफू भागेको प्रहरीलाई बताएका थिए । दिपेन्द्रको हाल एलएस न्यूरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्