Logo
Logo

किशोर चाम्लिङको ‘वनकी चरी’ सार्वजनिक (भिडियो)



काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको ‘वनकी चरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आयुष्मा राईले स्वर रहेको उक्त गीतमा टाइमलाइन टीभीमार्फत् सार्वजनिक गरिएको हो ।

वनकी चरीको स्टुडियो भर्सन पहिले नै युट्युबमा सार्वजनिक गरिएको थियो । स्टुडियो भर्सनको गीत सार्वजनिक भएपछि गीतलाई दर्शक श्रोताहरुले अत्यधिक रुचाएपछि म्यूजिक भिडियो बनाइएको गीतकार राईले बताए ।

सानैदेखि गीत संगीतमा रुचि राख्दै आएकी आयुष्माको यो दोस्रो म्युजिक भिडियो हो । उनले पहिलो म्युजिक भिडियो ‘नेपालकी छोरी’ बाटै दर्शकको ध्यान खिच्न सफल भएका थिए ।

‘वनकी चरी’ अघि गीतकार राईकै रचना रहेको ‘नेपालकी छोरी’ गीतमा पनि आयुष्माकै स्वर रहेको थियो । जुन गीत र म्युजिक भिडियो दर्शकले अत्यधिक रुचाएका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्