Logo
Logo

युरोपमा नेपाली ढाका प्रमोशन गर्दै आस्था


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ भदौ । द हाइल्याण्ड आर्ट तथा कल्पना बुटिकको ढाका उत्पादन एवं पहिरन प्रमोशन गर्नका लागि आस्था लिम्बू मेन्याङ्बो युरोपतर्फ प्रस्थान गरेकी छन् । आस्थालाई केही समयअघि मात्र द हाइल्याण्ड आर्टले मेनेजरमा नियुक्ति गरेको थियो । उनलाई द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी प्रोपाइटर तथा डिजाइनर कल्पना योङहाङले विदाई गरिन् ।
आस्थाको ढाका प्रमोटिङ कार्यक्रम फ्रान्सको राजधानी पेरिसबाट सुरु हुनेछ । ढाकाविद् समेत रहेकी कल्पनाका अनुसार आस्थाले पेरिसमा आयोजना हुने एक सेमिनारमा सहभागी हुनेछिन् । जहाँ नेपाली ढाकाबारे जानकारी गराउनेछिन् ।
द हाइल्याण्ड आर्टमार्फत नेपाली ढाका कपडा एवं पहिरनको विश्व प्रवद्र्धनमा जुट्दै आएकी कल्पनाले भनिन्, ‘फ्रान्सको राजधानी पेरिस फेसनको सहर हो, जहाँ विश्व चर्चित फेसन शोहरु हुनेछन् । त्यसैले त्यहाँ नेपाली ढाकाको प्रवद्र्धन गर्ने उद्देश्यले आस्था त्यसतर्फ गएकी हुन् ।’ निकट भविष्यमै पेरिसमा नेपाली ढाका पहिरनको फेसन शो गर्ने सोच समेत रहेकी उनले बताइन् । कल्पनाले भनिन्, ‘आस्थाको यसपटकको यात्रा त्यसका लागि रिसर्च गर्नु पनि हो ।’
आस्थाले फ्रान्सलगायत अन्य केही युरोपेली मुलुकहरुमा समेत ढाका पहिरनबारे आफ्नो धारणा राख्नेछिन् । यसअघि द हाइल्याण्ड आर्टले बेलायत, बेल्जियम, अमेरिकाको न्युयोर्कलगायतका सहरमा नेपाली ढाका पु¥यासकेकी छन् । पूर्वी नेपालबाट सुरु भएको द हाइल्याण्ड आर्टको ढाका परिहन पछिल्लो समय लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्