Logo
Logo

‘कलिङ साहित्यिक महोत्सव’मा नेपाली र भारतीय साहित्यकारहरुको जमघट



काठमाडौं । ‘कलिङ साहित्यिक महोत्सव काठमाडौं’ ललितपुरमा सुरु भएको छ । महोत्सव शनिबार ललितपुरको हिमालय होटलमा सुरु भएको हो ।

आईतबार बेलुकासम्म चल्ने महोत्सव उद्घाटमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय बिष्ट कवि अशोक वाजपेयी, संस्कृतिबिद् तुलसी दिवस, बरिष्ट कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षितलगायतले उद्घाटन गरे ।

उद्घाटनपछि महोत्सवमा दुई वटा छुट्टाछुट्टै हलमा शनिबार विभिन्न विषयमाथि १७ वटा सेसनहरु चल्यो । ती सेसनमा नेपाल र भारतका कवि, आख्यानकार, नाट्यकर्मी, चलचित्रकर्मी, लेखक, भाषाविद्, संस्कृतिविद्हरुले आ आफ्नो विचारहरु व्यक्त गरे । महोत्सबमा आईतबार पनि विहानबाट साँझसम्म विभिन्न विषयमा अन्तरक्रिया तथा अन्य कार्यक्रमहरु सञ्चालन हुने छन् ।

महोत्सबमा नेपाल र भारतका गरेर दुई सयभन्दा बढी बक्ताले विभिन्न सेसनमा आफ्ना विचारहरु राखिरहेका छन् । महोत्सबमा अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठसहित ७० जना भन्दा बढी श्रष्टाहरु सहभागी छन् । उनीहरुले आफ्ना विद्धता पनि अन्तरक्रियामा प्रस्तुत गर्दै आएका छन् ।

उद्घाटन समारोहमा विभिन्न अतिथि श्रष्टाहरुले महोत्सबको प्रभावबारे आफ्ना भनाई राखे । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले हाम्रो विभिन्न सभ्याताहरु लोपहुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

एक समयका भारतको सरस्वती नदी सभ्याता लोप भएको उदाहरण दिँदै हाम्रो बागमति सभ्याता जोगाउन उनले आग्रह गरे । यो महोत्सलाई नेपाल र भारतको साहित्य विकाशको लागि कोसेढुँगाको रुपमा आफुले लिएको उपकुलपति गुरुङको कथन थियो ।

अग्रज कवि तथा संस्कृतिविद् तुलसी दिवसले नेपाल भारतको सम्बन्धमा यो महोत्सबले साहित्य, संस्कृति र कल मार्फत नयाँ आयाम थप्ने बताए । महोत्सवले नेपाल र भारतका साहित्यकारलाई अझ नजिकल्याई थप चिनाउने काम गरेको उनले बताए ।

भारतका बरिष्ठ कवि एवं साहित्यकार अशोक वाजपेयीले हाम्रो साहित्यसँगै भाषा संस्कृति पश्चिमाबाट अतिक्रमण हुँदै आएको बताए । कवि वाजपेयीले साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले साहित्य सृजनामा निरन्तर लाग्न श्रष्टाहरुलाई अनुरोध गरे ।

उनले साहित्यलाई हरित रुपमा व्याख्या गर्दै यो साहित्यिक महोत्सबले साहित्यकारमा उर्जा थप्ने विश्वास लिए । दक्षिण एशियाको भाषा घुलमिल भएर अपभ्रम भएको जनाउँदै ठुलो जमातले बोल्ने भाषाले साना जमातको भाषालाई अतिक्रमण गरेको उनले जिकिर गरे ।

महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले भारतमा दशौं संस्करण पुरा गरेपछि यसपटकबाट अन्तर्राष्ट्रिय रुपमा आयोजना गरेको बताउँदै भने, ‘यसपटक अन्तराष्ट्रिय रुपमा आयोजना गरेर हामीले भारत र नेपालका साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति भाषा साहित्यबारे बहस गरेका छौँ । यो सहयोगका लागि नेपालका आयोजक साथीहरुलाई धन्यबाद ज्ञापन गर्दछु ।’

कथाकार मायाँ ठकुरी, पत्रकार कनकमणि दिक्षितले पनि महोत्सबले नेपाल भारत दुबै देशको साहित्य क्षेत्रमा टेवा पुग्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । महोत्सब निर्देशक रञ्जना निरौलाले यसपटकबाट यो महोत्सब अन्तराष्ट्रिय रुपमा आयोजना भएको कार्यक्रममा बताइन् । यो महोत्सब यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना भइरहेको पनि उनले जानकारी गराइन् ।

यो वर्षबाट सुरु भएको यशस्वी सहित्य सम्मान नेपालबाट वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतबाट बरिष्ट कवि अशोक वाजपेयीलाई सो कार्यक्रममा प्रदान गरियो । सम्मानको राशी जनही ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो । हाल विरामी रहेका संस्कृतिविद् सत्यमोहन जोशीको कार्यक्रममा स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्