Logo
Logo

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ भदौं । भारतीय विदेशमन्त्री एस. जयशंकर काठमाडौं आइपुगेका छन् । उनी आज बुधबारदेखि सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी काठमाडौं आएका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।
बैठक आज र भोली बिहीबार काठमाडौंमा हुँदैछ । विदेशमन्त्री जयशंकरले बैठक सुरु हुनु अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्द ैछन् । त्यसपछि उनी होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुनेछन् ।
बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोतलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्