Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

निर्वाचनको सरगर्मी बढेदेखि डेङ्गुबाट ४७ जनाको मृत्युसम्म


441
Shares

१. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित अभियानलाई तिव्रता दिँदै राजनीतिक दल, प्रमुख राजनीतिक दलले देशभरका निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिए, मनोनयन दर्तासँगै राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसहित गाउँ शहर पसे ।


२. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुने निर्वाचन आयोगको दाबी, स्थानीय तह निर्वाचनबाट अनुभव लिएर सोही अनुसार आयोग व्यवस्थापनमा लागिपरेकाले एक प्रतिशतभन्दा कम मत बदर हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ, निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख ।

३. सत्तारुढ गठबन्धनले सातै प्रदेशमा निर्वाचन केन्द्रित संयुक्त भेला गर्ने, कात्तिक ४ गते पोखरा र बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेत, धनगढीमा र ७ गते काठमाडौंमा प्रशिक्षण गर्दै, केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने गठबन्धनको निर्णय ।

४. बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको दाबी, संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेले निरन्तरता पाउनुपर्नेमा जोड ।

५. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले मनोमानी गरेका कारण नेकपा एमाले परित्याग गर्ने नेता कार्यकर्ताको संख्या बढ्दै, घनश्याम भुसाल र प्रभु शाहपछि केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेद्वारा एमाले परित्याग, जनता समाजवादी पार्टीसँग गठबन्धन गरेर आफ्नै नेता कार्यकर्तालाई पाखा लगाएको प्रति धेरैको असन्तुष्टि ।

६. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारीमा व्यस्त, घोषणापत्र लेख्न विश्वासपात्र महासचि शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई दिएर लाँकुरी भञ्ज्याङ पुगे, घोषणापत्र लेखनमा महासचिव र उपमहासचिjलाई सहभागी गराएका ओलीले अन्य नेतालाई बाइपास गरे ।

७. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य, प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम, आदिवासी जनजाति समूहमा ६ सय ४१, मधेसी समूहतर्फ ५ सय ६, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम । 

८. डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएयो, डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु, साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि स्वास्थ्य मन्त्रालयको भनाइ, सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको दाबी ।

९. तीन साता भन्दा लामो अस्पताल बसाइमा पनि शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएन, जोशीको स्वास्थ्य अवस्थामा सुधार नआएको र स्थिर रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको भनाइ , निमोनिया र पिसाबको संक्रमणका कारण अस्पताल पुर्याइएका जोशीलाई  मुटुरोगसँगै पछिल्लो समय डेंगुको संक्रमण ।

१०. चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन एक सातासम्म चल्ने, आइतबार सुरू भएर शनिबारसम्म चल्ने अधिवेशनले आइतबार पाँच वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व घोषणा गर्दै, सी चिनफिङ तेस्रो कार्यकालका लागि पार्टीे महासचिव चुनिने लगभग पक्का ।

प्रतिक्रिया दिनुहोस्