Logo
Logo

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, ४ भदौ (सिन्ह्वा) । अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च)मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ ।
स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो । मेम्फिसको चर्चमा बिहीबार गोली हानी त्यहाँ भेला भएका व्यक्तिहरुको सामूहिक हत्या गर्ने योजना बनाएको कुरा म्याकभिकरले साथीहरुलाई सुनाएको आधारमा उनलाई पक्राउ गरिएको हो ।
एफबिआईको अनुसन्धानमा ती व्यक्ति मानसिक बिरामी रहेका र उनको साथमा रुगर पी९० ह्यान्डगन रहेको फेला परेको थियो ।
म्याकभिकरकी आमाले आफ्नो छोरा सिजोफ्रेनिया (मनोरोग)बाट ग्रस्त रहेको र कहिलेकाहीँ कोकिनजस्ता लागूपदार्थ समेत सेवन गर्ने गरेको बताइन् । अमेरिकामा केही वर्षदेखि सार्वजनिक स्थलहरुमा सामूहिक हत्याकाण्डका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्