
काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण दिने भएको छ ।
काठमाडौं जिल्लाका निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिन लागिएको हो ।
कार्यक्रम काडाँघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे हुने माओवादी केन्द्रका काठमाडौं, जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंह लगायत सहभागी हुने भएका छन् ।











