
रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) बाट स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका भरथरी यादव कांग्रेस प्रवेश गरेका छन् ।
आइतबार बिहान कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले यादवलाई पार्टी प्रवेश गराएका हुन् । शुद्धोधन गाउँपालिका–५ घर भएका यादव शुद्धोदनमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।











