काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार बिहान ट्वीट गर्दै भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’ सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले बताएकी छन् ।
ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।











