Logo
Logo

प्रधानमन्त्रीको अपिल ‘पोलपोलमा झण्डा र घरघरमा दीपावली होस्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई भब्य र व्यापकताका साथ मनाउन आग्रह गरेका छन् । संविधान दिवस तयारी गर्न बुधबार गृहमन्त्रालयमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘यो राष्ट्रिय दिवस भएकाले पोलपोलमा राष्ट्रिय झण्डा होस्, र घरघरमा दीपावली गरौँ ।’
प्रधानमन्त्रीले ओलीले बिजुली नपुगेका ठाउँमा पनि बत्ती बालेर दीपावली गर्न आग्रह गरे । उनले भने, ‘हामी उहिलेदेखि दीपावली गरी आएका र्हौँ, पानसरदीयोमा बत्ती बालेर । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ ।’ ३ असोज २०७२ मा संविधान जारी भएको थियो । उक्त दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले आफू उपचारका बिहीबार (भोलि) सिंगापुर जान लागेको बताउँदै संविधान दिवस अगाडि नै फर्किने बताए । ‘संविधान दिवशको भव्य तयारी गर्न र कसरी भव्यताका पक्षहरुलाई बढाउन सकिन्छ, व्यापकताका पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ, यसमा सोच्न र परिष्कृत गर्न म आग्रह गर्दछु’ उनले भने’ ‘संविधान पटक पटक बनाइँदैन । त्यसैले संविधान बनेको दिनलाई राष्ट्रिय दिवशका रुपमा मनाउन सबैजना लागौँ ।’

प्रतिक्रिया दिनुहोस्